Aafno Khabar

यस्ता छन् कोरोना भाइरसबारे समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानी

  • २०७६ चैत्र ७ गते १०:३३ प्रकाशित

काठमाडाैं । कोरोनाभाइरसका बारेमा समाचार सम्प्रेषण गर्दा अपनाउनुपर्ने सावधानीबारे पत्रकार एवं सञ्चारमाध्यमका लागि नेपाल पत्रकार महासंघले सचेत गराएको छ ।

महासंघले पत्रकारहरुले कार्यस्थल जाँदा काेराेना संक्रमण रोकथामका आधारभूत उपायहरु अनपाउन, सकेसम्म इमेलमार्फत र सम्भव भएसम्म घरबाट काम गर्ने वातावरण मिलाउन आग्रह गरेको छ ।

यस्तै, अत्यावश्यक बाहेकका भेटघाटहरु नगर्न, समय समयमा साबुन पानीले हात धुन, अनावश्यक रुपमा हातले आँखा, नाक, मुख नछुन पनि महासंघले अपिल गरेको छ ।

आम मानिसले बुझ्ने सजिलो भाषामा कोरोना संक्रमणसम्बन्धी सत्यतथ्य सूचना सम्प्रेषणका लागि महासंघले आह्वान गरेकाे छ । महासंघले जारी गरेको सूचनामा भनिएको छ, ‘आधिकारिक स्रोत र विषयविज्ञहरुबाट मात्र सूचना लिऔँ, सामाजिक सञ्जालमार्फत पनि यस्ता सूचना प्रवाहित गरौँ ।’