काठमाडौं । देशभरका अदालतहरु आइतबारदेखि २ साताका लागि बन्द हुने भएका छन् । शुक्रबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको अध्यक्षता बसेको पूर्ण इजलासको बैठकले अदालतहरु आगामी चैन २२ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो ।
बन्दी प्रत्यक्षीकरण बाहेकका अन्य नियमित मुद्दाहरुको सुनवाई २ साता रोकिने सर्वोच्च अदालत स्रोतले जानकारी दिएकाे छ ।
काेराेना भाइरसकाे संक्रमणबाट बच्नका लागि व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबै केन्द्रित भएका छन् । संसद यसअघि नै स्थगित भइसकेकाे छ ।