काठमाडौं । फिलिपिन्सको मनिलामा सम्पन्न भएको लिटिल टिन ग्लाम इन्टरनेशनलमा जुनियर तर्फको उपाधी जितेका काठमाडौंका आरन्जल क्षेत्री र समिक्षा कार्कीको उपाधि खाेसिएकाे छ ।
गएको जनवरिमा, नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले २ मुख्य उपाधिसहित ३ जनाले सब टाइटल जितेका थिए। अब उनीहरुलाई टिन ग्लामको कुनै पनि उपाधीलाई प्रस्तुत गर्ने अधिकार नरहेको ग्लाम पेजेण्टले निकालेको बिज्ञप्तिमा उल्लेख गरिएकाे छ ।
आरन्जलले जुनिएर क्याटवरिजमा प्रतिस्पर्धा गरेका थिए भने समिक्षाले टिन क्याटवरिजमा प्रतिस्पर्धा गरेर उपाधि जितेका थिए । चितवनका सन्जोग राना, सलिना श्रेष्ठ र बुटवलका समीर न्यौपानेको सब टाइटाइललाई समेत आयोजकले अधिकार बाट बन्चित गरेको छ।
नेपालबाट मेजेस्टिक ग्रुपले उनीहरुलाई फिलिपिन्ससम्म लगेको थियो । आयोजकले नेपालको आधिकारिक जिम्मेवारी पाएको संस्था मेजेस्टिक ग्रुप र त्यस संस्थाका फाउण्डर मन्जेस गिरिलाई समेत लिटिल टिन ग्लामको जिम्मेवारी बाट बन्चित गरिएको जनाएकाे छ । ग्लाम पेजेण्टको नेपालको जिम्मेवारी पाएको संस्था मेजेस्टिक ग्रुप र त्यसका फाउण्डर मन्जेस गिरिको गैर जिम्मेवारी क्रियाकलापको कारण यो निर्णय गरेको ग्लाम पेजेण्टकाे दाबी छ ।
ग्लाम पेजेण्टले यस किसिमको आफ्नो निर्णयमा सम्बन्धित सहभागी र अभिभावकसँग क्षमा माग्दै आगामी दिनमा आफनो संस्थाले छनोट गर्ने नेसनल डाइरेक्टर ध्यान दिने बताएको छ ।
किन खोसियो अधिकार ?
सन २०१९ देखि फिलिपिन्समा सुरु भएको लिटिल टिन ग्लाम इन्टरनेसनमा यस वर्षका नेसनल डिरेक्टर आफै सहभागि भएका थिए । उनले सो प्रतियोगितामा उपाधि नजिते पनि सब टाइटलसहित नेपाललाई उत्कृष्ट ५ मा पुराउन सफल भएका थिए । पहिलो वर्ष नेपालका लागि मन्जरी ग्रुप र द मर्निङ ग्लोरिले आधिकारिक जिम्मेवारी पाएका थिए । मन्जेस गिरि मन्जरी ग्रुपले पठाएका प्रतिनिधि रहेका थिए ।
यस वर्ष मन्जरी ग्रुपले प्रतिनिधि नपठाउने भए पछि उनले ५ जना सहभागिलाई नेपालको तर्फबाट फिलिपिन्स पठाएका थिए । यो वर्ष अघिल्लो वर्ष भन्दा सहभागिले निकै राम्रो प्रस्तुती दिएता पनि नेशनल डिरेक्टरले आयोजकसँग गरेको व्यवहार र गैर जिम्मेवार क्रियाकलापले गर्दा आयोजकले यस किसिमको निर्णय गरेको दाबी गरेको छ ।