Aafno Khabar

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बाेधन गर्ने

  • २०७६ चैत्र ७ गते ०८:४७ प्रकाशित

काठमाण्डाै । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीकाे नाममा सम्बोधन गर्नुहुने भएकाे छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार साँझ देशवासीका नाममा सम्बोधन गर्नु हुने भएकाे बालुवाटार स्राेतले जनाएकाे छ । सरकारले कोरोना भाइरसबाट सचेत रहन आह्वान गरेको केही दिनपछि प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएकाे हाे ।

सम्बोधनका क्रममा सरकारी सञ्चारमाध्याम बाहेक अरु पत्रकारलाई प्रवेश नदिइएको जनाइएको छ । सम्बोधन नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रसारण हुने जनाइएकाे छ ।

सरकारले काेराेना संक्रमणबाट बच्नका लागि विभिन्न कदम अगाडि बढाइरहेकाे छ । यस अघि नै सरकारले २५ जनाभन्दा बढी भिडभाड नगर्न सर्वसाधारणसँग अनुराेध गरिसकेकाे छ ।