Aafno Khabar

तिब्बतमा भूकम्प, नेपालका पूर्वी पहाडी भूभागमा धक्का

  • २०७६ चैत्र ७ गते ०२:२२ प्रकाशित

काठमाडौं । शुक्रबार बिहान तिब्बतमा गएको भूकम्पको नेपालका पूर्वी पहाडी क्षेत्रमा धक्का महसुस भएको छ ।

भूकम्प मापन केन्द्रका अनुसार नेपाली समय अनुसार ७ बजेर १८ मिनेटमा तिब्बतमा ६.२ रेक्टर स्केलको भूकम्प गएको हाे ।

ताप्लेजुङभन्दा माथिको क्षेत्रमा केन्द्रबिन्दु भएकाले नेपालका पूर्वी पहाडी जिल्लामा यसको धक्का महसुस भएको हो ।