काठमाडाैं । सरकारले चैत ९ देखि १८ गतेसम्म सबै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गरेको छ ।
शुक्रबार देशबासीका नाममा संबोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि १८ गतेसम्म सबै उडान स्थगित गर्ने बताउनु भएकाे हाे ।
यस्तै, सरकारले चैत १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाएको छ ।