Aafno Khabar

काेराेना भाइरसले निम्त्याएकाे त्रास : २४ घण्टामा एक लाख बढी उपत्यका बाहिरिए

  • २०७६ चैत्र ७ गते ०३:५९ प्रकाशित

काठमाडाैं । काेराेना भाइरसकाे त्रासका कारण उपत्यका छाेडेर बाहिरिनेकाे संख्या बढेकाे छ । बिहीबारदेखि शैक्षिक संस्था बन्द र चैत महिनामा हुने परीक्षा स्थगित भएपछि काठमाण्डौ छाड्नेको सङ्ख्या बढेको हाे ।

गएको २४ घण्टामा काठमाडाैं विभिन्न नाकाबाट एक लाख ८ हजार ४ सय ५८ जना बाहिरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यस्तै, काठमाडाैं भित्रनेको सङ्ख्या पनि घटेको छ । गएको २४ घण्टामा ८३ हजार एक सय ३९ जना काठमाडाैं भित्रिएका छन् । यो स‌ंख्या गएकाे बुधबारकाे भन्दा १५ हजार सात सय ९५ ले कम हाे ।

कोरोना भाइरस (काेभिड–१९) को जोखिमका कारण उपत्यका छाड्नेको संख्या बढेको हो ।

सरकारले अबको एक महिना रुट इजाजत बिना पनि गाडी चलाउन पाइने व्यवस्था गरेको छ । आउँदो वैशाख ३ गतेसम्मका लागि बाटो इजाजत खुला गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।

याे पनि पढ्नुहाेस् ।

ड्राइभिङ लाइसेन्सको लागि आवेदन र परीक्षा स्थगित