Aafno Khabar

अर्काे सूचना नआएसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

  • २०७६ चैत्र ७ गते ०५:२७ प्रकाशित

काठमाडौं । राष्ट्रियसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । सरकारले २५ जनाभन्दा बढी भेला नहुन निर्णय गरेलगत्तै बिहीबार राष्ट्रियसभा बैठक बसे पनि शुक्रबारबाट भने अनिश्चतकालसम्मका लागि स्थगित गरिएको हो ।

बिहीबार राष्ट्रिय सभा बैठक सदस्यहरूको ज्वरो नापेर बैठक सञ्चालन गरिएको थियो ।

काेराेना संक्रमण फैलन नदिन र काेराेनाकाे जाेखिम नियन्त्रण गर्नका लागि सरकारले विभिन्न कदम चालिरहेकाे छ । संघीय संसदका दुवै सदनको बैठक स्थगित भएको छ ।

यसअघि राज्यव्यव्स्था समिति बैठकमा २५ जनाभन्दा बढी भएपछि बिहीहबार त्याे बैठक पनि स्थगित गरिएकाे थियो ।