Aafno Khabar
creativeideas

लाेक सेवा आयाेगकाे परीक्षा स्थगित

  • २०७६ चैत्र ६ गते प्रकाशित

काठमाण्डाै । लोक सेवा आयोगले चैत ८ गतेपछिका सबै लिखित परीक्षा स्थगित गरेको छ ।

चैत ६ गते बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्मको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण अर्यालले जारी गरेकाे विज्ञप्तिमा उल्लेख छ ।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको जनाइएकाे छ ।