काठमाण्डाै । बिहीबारदेखि सुरू हुने एसईई परीक्षा र चैतमा हुने विश्वविद्यालयका परीक्षा सरकारले स्थगित गरेको छ ।
चैतमा हुने विश्वविद्यालयका परीक्षा पनि स्थगित गरिएको शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखेरलले जानकारी दिनुभयाे ।
बुधबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले सार्वजनिक गरेको निर्णयमा भने एसईई परीक्षा नसर्ने जानकारी गराइएको थियो । तर पछि जाेखिम नियन्त्रण गर्न एसईई परीक्षा पनि स्थगित गरिएकाे जानकारी गराइएकाे थियाे ।
विद्यालय र विश्वविद्यालयका पठनपाठनसहित परीक्षा स्थगित कहिलेसम्म गर्ने भन्नेबारे परीक्षा बोर्ड बैठकले छलफल गरेर निर्णय गर्ने जानकारी गराएकाे छ ।
यद्यपी, त्रिभुवन विश्वविद्यालय अन्तर्गत बिहीबारका लागि तय भएका सबै परीक्षा यथावत् सञ्चालन हुने भएका छन् ।
त्रिभुवन विश्वविद्यालयले सूचना प्रकाशित गरी सरकारले सबै तहका परीक्षा स्थगित गर्ने निर्णय गरे पनि बिहीबारका लागि तय भएका त्रिवि अन्तर्गतका सबै परीक्षा सञ्चालन हुने बताएकाे हाे ।
त्यस्तै, विश्वविद्यालयले शुक्रबारदेखिका परीक्षा के गर्ने भन्ने विषयमा विहीबार अर्को सूचना निकालेर जानकारी गराउने जानकारी गराएकाे छ ।
याे पनि पढ्नुहाेस् ।