माेरङ । प्रदेश १ को संसद अनिश्चितकालका लागि बिहीबारदेखि स्थगित भएकाे छ ।
कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिमबाट बच्न सरकारले २५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन रोक लगाएपछि प्रदेश १ को संसद पनि स्थगित गरिएको हो ।
प्रदेशसभा बैठकमा सभामुख प्रदीपकुमार भण्डारीले अर्को सूचना नआएसम्मका लागि बैठक स्थगित गरिएको जानकारी गराउनुभएकाे हाे ।