Aafno Khabar

इन्जिनियरिङ संस्थानका सबै परीक्षा स्थगित

  • २०७६ चैत्र ६ गते ०७:४६ प्रकाशित

काठमाडौं । त्रिवि इन्जिनियरिङ अध्ययन संस्थानले सबै परीक्षा स्थगित गरिएको जानकारी गराएकाे छ ।

संस्थानले बिहीबार विज्ञप्ति जारी गरी सरकारको निर्णयबमोजिम संस्थान अन्तर्गत सञ्चालन हुने पठनपाठन तथा स्नातक र स्नातकोत्तर परीक्षा पनि बिहीबारदेखि लागू हुने गरी स्थगित गरिएको जनाएको हो ।