एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री सोनम कपुर बेलायतबाट फर्किएपछि आइसोलेसनमा बस्न गएकी छिन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार बेलायतबाट पतिसहित घर फर्किएकी उनले आफू आइसोलसनमा बसेको बताएकी छिन् । उनले विमानस्थलमा पनि स्वास्थ्य जाँच गरेको र परिवारसँगको भेटघाटपछि आफू आइसोलेसनमा बसेको बताइन् ।
यसअघि बलिउड अभिनेता दिलिपकुमार पनि आइसोलेसनमा बसिसकेका छन् । कोरोनाकै कारण भारतमा हालसम्म ३ जनाको मृत्यु भइसकेको छ । भने एक सय भन्दा बढी कोरोनाबाट संक्रमित भइसकेका छन् ।