चितवन । विश्वमा माहामारीको रुप लिएको नोभेल कोरोना भाइरस विरुद्ध जुध्ने तयारी स्वरुप चितवनमा ७२ घण्टा भित्र ७० शैयाको भरतपुर कोरोना विशेष अस्पतालको काम धमाधम भएको छ ।
भरतपुर महानगरपालिकाको अगुवाईमा सो अस्पतालको निर्माण हुन लागेको हो ।
चितवन प्रदर्शनी केन्द्र ९एक्सपो सेन्टर० मा बनाउन लागिएको सो अस्पतालमा १० शैया आईसीयू, १० शै्या एचडीयू र ५० शैया जनरल वार्ड रहने छन् ।
बुधबार बिहानदेखि सुरु भएको अस्पताल निर्माणको काम बिहीबार बेलुकासम्म सम्पन्न हुने शहरी स्वास्थ्य प्रवधन केन्द्रका मेडिकल अधिकृत सन्दीप कटेलले जानकारी दिनुभयो ।