Aafno Khabar

यसरी निर्माण हुँदैछ भरतपुरमा ७२ घण्टा भित्र ७० शैयाको अस्पताल (फोटोफिचर)

  • प्रदिप पाैडेल
  • २०७६ चैत्र ५ गते ०८:३१ प्रकाशित

चितवन । विश्वमा माहामारीकाे रुप लिएकाे नोभेल कोरोना भाइरस विरुद्ध जुध्ने तयारी स्वरुप चितवनमा ७२ घण्टा भित्र ७० शैयाको भरतपुर कोरोना विशेष अस्पताल स्थापनाको काम शुरु भएकाे छ । भरतपुर महानगरपालिकाको अगुवाईमा साे अस्पतालकाे निर्माण हुन लागेकाे हाे ।

चितवन प्रदर्शनी केन्द्र (एक्सपो सेन्टर) मा बनाउन लागिएकाे साे अस्पतालमा १० शैया आईसीयू, १० शै्या एचडीयू र ५० शैया जनरल वार्ड रहने छन् ।

३ वटा हल रहेकाे प्रदर्शनी केन्द्रका २ वटा हलमा अस्पताल निर्माण हुने र नेपालमा काराेना असर देखिए शैया बढाउने तयारी भइरहेकाे छ ।

बुधबार बिहानदेखि सुरु भएकाे अस्पताल निर्माणकाे काम बिहीबार बेलुकासम्म सम्पन्न हुने शहरी स्वास्थ्य प्रवधन केन्द्रका मेडिकल अधिकृत सन्दीप कटेलले जानकारी दिनुभयाे ।

चितवनमा अहिलेसम्म काेराेनाकाे आशंकामा ३ जनाकाे नमूना परीक्षण गरिएकाे र सबैकाे परीक्षण नेगेटिभ देखिएकाे भरतपुर अस्पतालले जनाएकाे छ ।