काठमाडाैं । सरकारले चैत मसान्तसम्मका लागि सबै तहका विद्यालय र विश्वविद्यालयहरूका पठनपाठन बन्द गर्ने निर्णय गरेकाे छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलको संयोजकत्वमा गठन भएको काेराेना भाइरस (कोभिड-१९) संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले बुधबार याे निर्णय गरेको हो ।
चैत ६ गतेदेखि सञ्चालन हुने एसईई परीक्षा भने नरोकिने जानकारी गराइएको छ । एसईई परीक्षाका प्रत्येक केन्द्रहरूमा स्वास्थ्य जाँच सहितको हेल्थ डेस्क स्थापना गरी सुरक्षित र व्यवस्थित रूपमा सम्पन्न गर्ने जानकारी गराइएकाे छ ।
याे पनि पढ्नुहाेस् ।