अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भनेपछि अहिले विश्वभर उनको आलोचना भइरहेको छ ।
मंगलबार एक ट्वीटमा ट्रम्पले कोरोना भाइरसलाई ‘चिनियाँ भाइरस’ भनेका छन् । उनले ट्वीटमा भनेका छन्, ‘चाइनिज भाइरसबाट प्रभावित उद्योग, एयरलाइन्स र अन्य व्यवसायलाई अमेरिकाले साथ दिनेछ । हामी पहिले भन्दा अझ बलियो बन्नेछौं ।’
The United States will be powerfully supporting those industries, like Airlines and others, that are particularly affected by the Chinese Virus. We will be stronger than ever before!
— Donald J. Trump (@realDonaldTrump) March 16, 2020
ट्रम्पले विश्वलाई त्रसित बनाइरहेको कोरोना भाइरसलाई चाइनिज भाइरस भनेपछि आलोचना शुरु भएको हो । ट्रम्पले यसअघि कोरोना भाइरसलाई विदेशी भाइरसको संज्ञा दिएका थिए ।
कोरोना भाइरस चीनमा पहिलो पटक देखिएको थियो । हालसम्म यस भाइरसका कारण १ लाख ८२ हजार ७२५ संक्रमित बनिसकेका छन् । यसका कारण ७ हजार १७४ को ज्यान गइसकेकाे छ ।