Aafno Khabar

अमेरिकन आइडलमा गुञ्जिए दिवेश, जजले भने ‘वान्स मोर’

  • २०७६ चैत्र ४ गते ०२:५१ प्रकाशित

गायन रियालिटी शो अमेरिकन आइडलको अडिसनबाट छानिएका नेपाली युवा दिवेश पोखरेलले अमेरिकन आइडलमा हंगामा मच्चाएका छन् । स्टेज नाम अर्थर गनबाट चिनिने दिवेशले आफ्नो प्रस्तुती दिएपछि तीनै जना जजहरु उठेर चिच्याएका थिए ।

दिवेशले गीत गाएपछि जब केटी पेरी उठेर ‘मोर…’ भनिन् त्यसपछि तीनैजना जज उठेर ‘मोर…’ भन्न थाले । दिवेशले पनि जजहरुको चाहना बमोजिम फेरि आफ्नो प्रस्तुतीकाे निरन्तरता दिए ।

दिवेशले अभिवादनस्वरुप नमस्ते भन्नासाथ दर्शकले चिच्याएर नमस्तेको जवाफ दिएका थिए । जजहरुको चाहनाबमोजिम उनले दोस्रो प्रस्तुती दिँदा तीनैजना जज उनको सम्मानमा उठेका थिए ।

दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन् । उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन् ।

सम्बन्धित शीर्षकहरु