काेराेना भाइरस (कोभिड–१९) सङ्क्रमणको आशङ्कामा झापाबाट आइतबार काठमाडौं ल्याइएका एक बिरामीमा कोरोना भाइरस नभएको पुष्टि भएको छ ।
भद्रपुर–७ का ४२ वर्षीय एक जनामा काेराेना संक्रमणकाे आशङ्कापछि विराटनगरस्थित नोबेल मेडिकल कलेजबाट काठमाडौंको धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल सिफारिस गरिएको थियो ।
ग्राण्डी अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डेले ती बिरामीमा कोभिड–१९ नभएको जानकारी दिनुभएकाे हाे ।