Aafno Khabar

चैत १० गतेदेखि गैँडा गणना गरिने

  • March 16, 2020 प्रकाशित

आगामी चैत १० गतेदेखि गैँडा गणना गरिने भएको छ । चितवन राष्ट्रिय निकुञ्जले गणनाको आवश्यक तयारी शुरु गरेको जनाएको हाे ।

गैँडा गणना गर्नका लागि चैत ७ र ८ गते साैराहमा तालिमकाे आयाेजना गरिएकाे पनि निकुञ्जले जनाएकाे छ । गणनामा निकुञ्जका कर्मचारीसहित राष्ट्रिय प्रकृति संरक्षण काेषका विभिन्न पदाधिकारीहरुकाे सहभागिता रहने छ ।

निकुञ्जका अनुसार चितवनसँगै पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पनि गणना गरिने छ । गैँडा गणना गर्न चैत महिना राम्रो हुने बताइएको छ । गैँडा गणना गर्न हात्तीको प्रयोग गरिन्छ । गर्मी बढेपछि हात्ती थाक्ने भएकाले चैत महिनाभित्रै गैँडा गणना गर्नु राम्रो मानिन्छ ।

नेपालमा सन् १९९४ ,२०००, २००५, २००८, २०११ र २०१५ मा गैँडा गणना गरिएको थियो । पछिल्लो गणनाले चितवन निकुञ्जमा सबैभन्दा बढी ६०५ गैँडा देखाएको थियो । चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटाकासहित ६४५ गैँडा थिए । चितवन सहित बर्दिया, शुक्लाफाँटा र पर्सामा गैँडाको वासस्थान छ ।