Aafno Khabar

कञ्चनपुर दम्पती हत्या प्रकरण : छाेरा पक्राउ

  • २०७६ चैत्र ३ गते ०९:२५ प्रकाशित

सांकेतिक तस्बिर ।

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिकाको कलुवापुरमा भएको दम्पती हत्या प्रकरणमा छाेराकाे संलग्नता रहेकाे पाइएकाे छ । गएकाे फागुन १५ गते घरभित्र मृत भेटिएका जयलाल भण्डारी र उनकी श्रीमती धनाको हत्यामा संलग्न भएको आराेपमा छाेरा भरत भण्डारी पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले साेमबार पत्रकार सम्मेलनमार्फत यसबारे जानकारी गराएकाे हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार भण्डारीले नै बुबा र कान्छी आमाको धारिलो हतियार प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुलेको छ । भण्डारी डडेल्धुराको अमरगढी नगरपालिका वडा नम्बर २ जुगेनाबाट आइतबार पक्राउ परेका हुन् ।

उनीहरुबीच अशंवण्डाको विषयमा लामो समयदेखि विवाद हुँदै आएको थियाे । यसैका कारण साैतेनी आमा र बाबुकाे हत्या भएकाे प्रहरी अनुसन्धानबाट खुलेको छ ।