Aafno Khabar
sanima bank

म्याग्दीमा चट्याङ लागेर २ जनाकाे ज्यान गयाे

  • March 15, 2020 प्रकाशित

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ खिवाङमा शनिबार राति चट्याङ लागेर २ जनाकाे ज्यान गएकाे छ । चट्याङ लागेर ज्यान गुमाउनेमा स्थानीय २६ वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बेनी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान उनीहरूकाे ज्यान गएकाे हाे ।

यस्तै, शनिबार राति म्याग्दीका उच्च पहाडी बस्तीमा हिमपात भएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङलगायतका बस्तीमा हिमपात भएको हो । हिमपातपछि यहाँकाे जनजीवन प्रभावित भएकाे छ ।