Aafno Khabar

आँचल शर्माले लगाइन बिहे पार्टीमा १६ लाखकाे लेहंगा र ६० लाखका गहना

  • २०७६ चैत्र २ गते ०९:४१ प्रकाशित

नायिका आँचल शर्माको बिहे पार्टीको चर्चा चलचित्र बजारमा मात्र होइन, उनका फ्यानहरुमाझ पनि चलेको छ । शनिबार बेलुकी भव्य बिहे भोज आयोजना गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिहिबार बिहे गरेका थिए ।

यतिबेला, सामाजिक संजालमा आँचलको पहिरनको चर्चा सुरु भएको छ । नायिका आँचल शर्माले शनिबार आयोजित पार्टीका लागि मात्र १६ केजीको लेहेङ्गा लगाएकी थिइन् । यो लेहेङ्गालाई भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले डिजाइन गरेको हो ।

यो पहिरन डिजाइनको सुरुवात २ महिना अगाडिदेखि नै गरिएको हो । यो लेहेङ्गाको मुल्य १६ लाख रुपैयाँ रहेको बताइएको छ । नायिका आँचल शर्माले भनिन्–‘सव्य साँची मुखर्जीको ब्रान्ड भारतमा निकै चर्चित छ । नायिका दीपिका पादुकोण, प्रियंका चोपडाले पनि उनकै डिजाइनको पहिरन बिहेमा लगाएका थिए । यसैले पनि ब्रान्डका कारण पनि यो महंगो पर्न गएको हो ।’

नायिका आँचल शर्माको बिहे पार्टीको चर्चा चलचित्र बजारमा मात्र होइन, उनका फ्यानहरुमाझ पनि चलेको छ । शनिबार बेलुकी भव्य बिहे भोज आयोजना गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिहिबार बिहे गरेका थिए ।

यतिबेला, सामाजिक संजालमा आँचलको पहिरनको चर्चा सुरु भएको छ । नायिका आँचल शर्माले शनिबार आयोजित पार्टीका लागि मात्र १६ केजीको लेहेङ्गा लगाएकी थिइन् । यो लेहेङ्गालाई भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले डिजाइन गरेको हो ।

यो पहिरन डिजाइनको सुरुवात २ महिना अगाडिदेखि नै गरिएको हो । यो लेहेङ्गाको मुल्य १६ लाख रुपैयाँ रहेको बताइएको छ । नायिका आँचल शर्माले अनलाइनखबरसँग भनिन्–‘सव्य साँची मुखर्जीको ब्रान्ड भारतमा निकै चर्चित छ । नायिका दीपिका पादुकोण, प्रियंका चोपडाले पनि उनकै डिजाइनको पहिरन बिहेमा लगाएका थिए । यसैले पनि ब्रान्डका कारण पनि यो महंगो पर्न गएको हो।

यो पहिरनको डिजाइनको समयमा आँचल र उदिप ४ पटक भारत गएका थिए । आँचलले भनिन्–‘यो सबै हातले नै बुनिएको हो । यो पहिरन कहिले पनि खुइलिदैन ।’ १६ केजीको भएका कारण पनि पार्टीमा आँचललाई हिड्न सहज भएको थिएन । आँचल भन्छिन्–‘१६ केजीको लेहेङ्गा लगाउँदा मलाई अप्ठ्यारो भएको थियो ।’

यस्तै, नायिका आँचल शर्माले शनिबार बिहे पार्टीमा करिब ६० लाख हारहारीको गहना लगाएकी थिइन् । आँचलले यो कुराको पुष्टी गरेकी छिन । – अनलाइनखबर