Aafno Khabar

वसन्त ऋतुमा सबै हिमाल आरोहण स्थगित

  • २०७६ फाल्गुन ३० गते ०६:५६ प्रकाशित

काठमाण्डाै । याे वर्ष वसन्त ऋतुमा सबै हिमाल आरोहण स्थगित गरिने भएकाे छ । कोरना भाइरस भित्रिन नदिन सरकारले यस सिजनमा सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेको हो ।

बिहीबार बसेको उच्चस्तरीय समन्वय समिति बैठकले सबै हिमाल आरोहण स्थगित गर्ने निर्णय गरेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएकाे छ ।

पर्वतारोहणका लागि वसन्त ऋतु उपयुक्त मानिने गरिन्छ । सरकारले विभिन्न हिमालहरूको आरोहणका लागि यो सिजनमा पनि अनुमति दिएको थियो ।

कोरोनाविरुद्ध लड्न विभिन्न निर्णय गरेको समन्वय समितिले नेपालमा पर्वतारोहण गर्न २०२० को वसन्त ऋतुका लागि जारी गरिएको वा जारी गरिने अनुमति पत्र स्थगित गर्ने निर्णय गरेकाे हाे ।