Aafno Khabar

माैसम : मेघ गर्जनसहित हावाहुरी र वर्षाकाे सम्भावना

  • March 13, 2020 प्रकाशित

काठमाण्डाै । शुक्रबारको मौसममा देशभर सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी तथा मध्य भूभागका केही स्थानहरूमा र पूर्वी भूभागका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ् तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।

देशका अधिकांश उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । महाशाखाका अनुसार देशभर शुक्रबार राति सामान्य देखि पूर्ण बदली रहनेछ ।

पश्चिमी भूभाग लगायत मध्यका धेरै स्थानहरूमा र पूर्वी भूभागका केही स्थानहरुमा मेघगर्जन र चट्याङ् र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ३० गते (शुक्रबार)

दिउँसो : देशभर सामान्य बदली रहनेछ । पश्चिमी तथा मध्य भू-भागका केही स्थानहरूमा र पूर्वी भू-भागका थोरै स्थानहरुमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरी सहित बर्षाको सम्भावना रहेको छ । देशको अधिकांश उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

राति : देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। पश्चिमी भू-भाग लगायत मध्य का धेरै स्थानहरूमा र पूर्वी भू-भागका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्ग र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र ०१ गते (शनिबार)

दिउँसो : देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केहि स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग र असिना/हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्कादेखि मध्यम हिमपात को सम्भावना छ ।

राति : देशका अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशका पश्चिमी भू-भागका थोरै स्थानहरुमा तथा मध्य र पूर्वका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग र असिना/हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपात को सम्भावना छ ।

चैत्र ०२ गते (आइतबार)

दिउँसो : देशका अधिकांश भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको पश्चिमी भू-भाग लगायत मध्य र पूर्वी भू-भागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङ्ग तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ ।

राति : देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। देशको मध्य तथा पूर्वी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्सहित वर्षाको सम्भावना रहेको छ ।