Aafno Khabar

कोरोना भाइरसको संक्रमणबाट भारतमा एक जनाको मृत्यु

  • २०७६ फाल्गुन ३० गते ०७:०१ प्रकाशित

एजेन्सी । कोरोना भाइरसको संक्रमणबाट भारतमा पहिलोपटक एक जनाको मृत्यु भएको छ । भारतको कर्नाटक राज्यमा कोरोना भाइरसको संक्रमणका कारण ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको हो । कर्नाटक राज्यका स्वास्थ्य विभागका अनुसार कर्नाटकको कलबुर्गीमा ७६ वर्षीय एक व्यक्तिको मृत्यु भएको छ ।

मृत्यु भएको व्यक्तिको परिचय खुलाइएका छैन । साउदी अरबबाट फर्किएका व्यक्तिकाे मंगलबार राती मृत्यु भएको बताइएको छ ।

बिहीबार भारतले सबै विदेशी मुलुकबाट आफ्नो मुलुकमा प्रवेश गर्न प्रतिबन्ध लगाएको छ भने दिल्ली सरकारले मार्च ३१ सम्मका लागि सिनेमा हल समेत बन्द गर्ने निर्णय गरेको छ ।

भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७७ पुगेको छ ।