एजेन्सी । विश्वभर नै अहिले काेराेना भाइरस (काेभिड १९) काे त्रास छ । कोरोना भाइरस कपालको रौंभन्दा ९ सय गुणा सानो हुन्छ । यसकारण यसले मानिसलाई सजिलै आफ्नो सिकार बनाउन सक्छ । आखिर कोरोना भाइरस कसरी फैलिन्छ ?
कोरोना भाइरस कुनै एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न सक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट पीडित व्यक्तिभन्दा कम्तीमा पनि तीन फिट टाढा रहनुपर्छ ।
कुनै सार्वजनिक स्थलमा कोरोना भाइरस भएमा त्यहाँबाट फैलिने खतरा हुन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार कोरोना भाइरस ‘सेक्सुअल ट्रान्समिटेड डिजिज’ अर्थात यौन सम्बन्धबाट सर्ने रोग होइन ।
त्यसकारण यौन सम्बन्ध राख्दैमा कोरोना भाइरस सर्दैन । तर यौन सम्बन्धका क्रममा जुन यौन क्रिडा हुन्छ, त्यो निकै खतरनाक हुन जान्छ । सेक्सका क्रममा एक अर्कासँग किस गरेको खण्डमा यदी एकजनामा काेराेना संक्रमण छ भने अर्काेमा पनि सर्ने अधिक सम्भावना हुन्छ ।