Aafno Khabar

अवैध क्रसरको विरुद्धमा बालेको भन्दै पाठकलाई प्रहरी प्रमुखको धम्की

  • March 11, 2020 प्रकाशित

काठमाडौं । कालिगण्डकी नदिमा सञ्चालन गरिएका क्रसर उद्योगले अवैध रुपमा गिट्टी, बालुवा निकालेको विरोधमा बोलेको भन्दै नेकपा नेता कृष्ण पाठकमाथि धम्की आएको छ ।

पर्वत जिल्लाको मालढुङ्गादेखि नयाँपुलसम्म सञ्चालन गरिएका क्रसर उद्योगले नदिमा अवैध रुपले गिट्टी बालुवा निकाल्दै आएका छन् । यो विषयमा पाठकले आवाज उठाएको भन्दै उहाँमाथि पर्वत जिल्लाका प्रहरी प्रमुख डिएसपी श्याम अर्यालले धम्की दिएको पाठकले बताउनुभयाे ।

पाठकले आफ्नो फेसबुकमा आफूलाई डिएसपी अर्यालबाट धम्की आएको र सुरक्षाका लागि पर्वत र बागलुङका प्रमुख जिल्ला अधिकारीसँग अनुरोध गरेको समेत उहाँकाे भनाइ छ ।

कालिगण्डकी नदि किनारमा सञ्चालित क्रसर उद्योगले अवैध रुपमा गिट्टी बालुवा निकालेको भन्दै विभिन्न समयमा आवाज उठने गरे पनि त्यसलाई पैसा र शक्तिको आडमा थमाउने गरिएको स्थानीयले आरोप लगाउँदै आएका छन् ।