काठमाडौं । आजदेखि मौसममा सुुधार आएर घाम लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि जारी बदली, वर्षा र हिमपातको शृंखलामा आजबाट सुधार हुनेछ ।
शुक्रबार देशको पश्चिम भागबाट प्रवेश गरेको पश्चिम न्यून चापीय प्रणालीका कारण काठमाडौंसहित देशका अधिकांश भागमा वर्षा भएको थियो । हिमाली क्षेत्रमा हिमपात भएपछि जनजीवन प्रभावित बनेको थियो ।
‘शुक्रबार पश्चिम हुँदै प्रवेश गरेको पानी पार्ने प्रणाली कमजोर बनेर शनिबार नै बाहिरिएको महाशाखाले जनाएको छ ।
प्रि–मनसुनका कारण मौसमी प्रणाली विकसित हुने खतरा रहे पनि आइतबारबाट केही दिन मौसम घमाइलो हुने प्रक्षेपण मौसम पूर्वानुमान महाशाखा गरेको छ ।