Aafno Khabar

दक्षिण एसियाका ३ देशमा काेराेना पुष्टि, सतर्कता बढाउन WHO काे आग्रह

  • २०७६ फाल्गुन २२ गते ०४:१५ प्रकाशित

काठमाडाैं । भारत, इन्डोनेसिया र थाइल्याण्डले कोराना भाइरस (कोभिड १९ ) पुष्टि गरेपछि विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले दक्षिण एसियाली देशहरूलाई सतर्कता बढाउन र रोकथामका उपायहरू सुनिश्चित गर्न आग्रह गरेको छ ।

डब्लूएचओका दक्षिणपूर्वी एसिया क्षेत्रका क्षेत्रीय निर्देशक डा. पुनम क्षेत्रपाल सिंहले एक विज्ञप्ति जारी गर्दै सतर्कता अपनाउन आग्रह गरेका हुन् ।

डब्लूएचओले दक्षिण एसिया र दक्षिणपूर्वी एशियाका ११ वटा देशहरुलाई एउटा क्षेत्रमा समेटेको छ । ती देशहरुमा नेपाल, बंगलादेश, भुटान, कोरिया, भारत, इन्डोनेसिया, माल्दिभ्स, म्यानमार, श्रीलंका, थाइल्यान्ड, र पूर्वी टिमोर पर्छन् ।