एजेन्सी । केही समय अघि नेपाल भ्रमण सकेर स्पेन फर्किएका एक व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको छ ।
नेपाल भ्रमण गरेर फर्किएका ती व्यक्तिको गएकाे फेब्रुअरी १३ का दिन स्पेनको आर्नउ डे भिलानोभा अस्पतालमा मृत्यु भएको डेली मेलले जनाएको छ ।
नेपाल भ्रमण सकेर फर्किएलगत्तै बिरामी परेका उनको उपचारकै क्रममा ज्यान गएकाे थियाे । अस्पतालले निमोनियाका कारण ज्यान गएको बताए पनि अहिले आएर कोरोना भाइरसको संक्रमणबाट भएको पुष्टी भएको समाचारमा उल्लेख छ ।
कोरोना भाइरसबाट स्पेनमा अहिले १६५ जना संक्रमित छन् ।