काठमाण्डाै । ‘प्रेमगीत ३’को टिजर सार्वजनिक भएको छ । टिजरले सिनेमा मुख्य पात्र प्रदीप र मनिष राउत बीचको टक्कर सिनेमामा प्रस्तुत गर्ने देखाएको छ ।
‘प्रेम गीत ३’लाई छेतेन गुरुङ तथा सन्तोष सेनले संयूक्तरुपमा निर्देशन गरेका हुन् । सिनेमामा सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, अनुभव रेग्मी, योगिशा खत्री, जीवन भट्टराई, लक्ष्मी वर्देवालगायतका कलाकारको पनि अभिनय छ ।
चैत २८ गते रिलिज हुने सिनेमालाई निर्देशक गुरुङ र मन्दीप गौतमले लेखेका हुन् । सिनेमामा कल्याण सिंह/एलिश कार्कीको संगीत, राजेश श्रेष्ठको छायांकन, हिमाल केसीको छायांकन र बनिश शाह/भुपेन्द्र अधिकारीको सम्पादन छ ।
आसुसेन फिल्मस्को व्यानरमा निर्मित सिनेमाका निर्माता सन्तोष सेन रहेका छन् ।