Aafno Khabar
sanima bank

कोरोना भाइरसका कारण महिला दिवसको कार्यक्रम स्थगित

  • March 4, 2020 प्रकाशित

काठमाण्डाै । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ११० औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा गर्न लागेको कार्यक्रम स्थगित भएको छ । कोरोना भाइरसको सम्भावित जोखिम ध्यानमा राखेर दिवसका अवसरमा गर्न लागिएका सबै कार्यक्रम स्थगित गरिएको मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हरेक वर्ष मार्च ८ का दिन महिला दिवस मनाइन्छ । दिवसका अवसरमा मन्त्रालयले हरेक वर्षजस्तै यस वर्ष पनि र्‍यालीसहितको साझा अभियान कार्यक्रम आयोजना गर्ने घोषणा गरेको थियो ।

कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले भेला, जमघटलगायतका कार्यक्रम नगर्न आग्रह गरेको छ । पछिल्लाे समय विभिन्न राजनीतिक दल तथा संघ संस्थाले धमाधम आफ्ना घाेषित कार्यक्रम स्थगित गरिरहेका छन् ।