Aafno Khabar

अपरान्हपछि पहाडी भूभागमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

  • २०७६ फाल्गुन २१ गते ०५:२४ प्रकाशित

काठमाण्डाै – बुधबार देशका पहाडी भू–भागका केही भूभागमा मेघ गर्जन र चट्याङ्सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो पहाडी भू–भागमा आशिंकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम समान्यतया सफा रहने तर अपरान्हपछि पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै राती देशका पहाडी भू–भागमा आशिंक देखि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहने । पहाडी भू–भागका एक दुई स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको महाशाखाकाे बुलेटिनमा उल्लेख छ ।