Aafno Khabar

होली पर्वको अवसरमा २ दिन सार्वजनिक विदा

  • March 3, 2020 प्रकाशित

 

जनकपुर । प्रदेश नम्बर २ सरकारले होली पर्वको अवसरमा प्रदेशभर २ दिन सार्वजनिक विदा दिने भएकाे छ ।

प्रदेश २ सरकारले होली पर्वको अवसरमा फागुन २७ र २८ गते सार्वजनिक बिदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभएकाे छ ।

१५ दिने मिथिला मध्यमिकी परिक्रमा जनकपुरको अन्तरगृह परिक्रमा समापनपछि यस क्षेत्रमा होली मनाइने परम्परा छ । फागुन २५ गते जनकपुरधाम पुग्ने मिथिला मध्यमा परिक्रमा २६ गते जनकपुरको अन्तरगृह परिक्रमा गरिसकेपछि २७ गते होली मनाइनेछ । पहाडी क्षेत्रमा फागुन २६ गते हाेली मनाइने छ ।