काठमाडौं । कोरोना भाइरसको आशंकामा टेकु अस्पतालमा भर्ना भएका चारैजनामा कोरोनाको संक्रमण नदेखिएको अस्पतालले जनाएको छ ।
चीन र कोरियाबाट फर्केर आएका नेपालीलाई निरन्तर उच्च ज्वरो आएपछि कोरोनाको आशंकामा टेकु अस्पतालको आइसोलेसन वार्डमा राखेर जाँच गरिएको थियो ।
जाँचको क्रममा उनीहरुको रिपाेर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ ।