Aafno Khabar
sanima bank

कांग्रेस सभापति देउवा र नेकपा नेता रावलबीच भेटवार्ता

  • March 3, 2020 प्रकाशित

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेपाल कम्युनिस्ट पार्टी नेकपाका स्थायी कमिटी सदस्य भीम रावलबीच भेटवार्ता भएको छ ।

धनगढी विमानस्थलमा कांग्रेस सभापति देउवा र नेकपा नेता रावलबीच भेट भएको हो । कांग्रेस सुदूरपश्चिमका विभिन्न कार्यक्रममा भाग लिन जानुभएका सभापति देउवा र नेकपाको कार्यक्रता भेलाका लागि सुदूरपश्चिम जानुभएका नेता रावलबीच विमानस्थलमा भेट भएको हो ।

दुई नेताको भेटका क्रममा देशको पछिल्लो समसामयिक राजनीतिक घटनाक्रमको बारेमा छलफल भएको बुझिएको छ ।