Aafno Khabar

अदालतमा आत्मसमर्पण गरेका ‘सिद्धबाबा’ कारागार चलान

  • २०७६ फाल्गुन २० गते १०:२७ प्रकाशित

सुनसरी – जिल्ला अदालत सुनसरीमा मंगलबार आत्मसमर्पण गरेका ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरी कारागार चलान भएका छन् । उच्च अदालतको आदेश अनुसार तत्कालै झुम्कास्थित क्षेत्रीय कारागार चलान गरिएको जिल्ला सरकारी वकिलको कार्यालयले जानकारी दिएकाे हाे ।

उच्च अदालतले गएकाे माघ ९ गते थुनामा राखेर थप कारबाही अगाडि बढाउन आदेश दिएपछि गिरी भारततर्फ भागेका थिए । फरार भएको एक महिनापछि गिरीले मंगलबार सुनसरी जिल्ला अदालतमा आत्मसमर्पण गरेका हुन् ।

एक महिला अनुयायीले आफूलाई सिद्धबाबाले कात्तिक ४ गते राति बलात्कार गरेको उजुरी दिएकी थिइन् । त्यस पछि उनी पक्राउ परेका थिए ।

यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, विराटनगर पुगेको थियो ।