सुनसरी । अनुयायीमाथि जबरजस्तीकरणी गरेको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीले आत्मसमर्पण गरेका छन् । जिल्ला अदालत, सुनसरीमा उनले आत्मसमर्पण गरेका हुन् ।
उच्च अदालतले ९ माघमा पुर्पक्षका लागि गिरिलाई थुनामा पठाउने आदेश दिएको थियो । आदेश पछि गिरी फरार रहेका थिए । अदालतमा मुद्दाको बहस हुँदै गर्दा आफ्नो विपक्षमा फैसला आउने छनक पाएपछि उनी भारततिर भागेका थिए ।
यसअघि १६ मंसिरमा जिल्ला अदालत, सुनसरीले उनलाई तीन लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको दिएको थियो । तर, जिल्लाको आदेशविरुद्ध सरकारी वकिल कार्यालय उच्च अदालत, बिराटनगर पुगेको थियो ।