Aafno Khabar

माेदीले गरे समकक्षी ओलीलाई सफल शल्यक्रियाकाे कामना

  • २०७६ फाल्गुन १९ गते ०६:१३ प्रकाशित

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली समकक्षी केपी शर्मा ओलीको सफल शल्यक्रियाको कामना गरेका छन् ।

मोदीले सोमबार एक ट्विट गर्दै नेपाली समकक्षी ओलीको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गरेका हुन् ।

‘मेरा प्रिय साथी केपी शर्मा ओली जी, तपाईंको सफल शल्यक्रिया र शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु,’ मोदीले ट्विटरमा लेखेका छन् । भगवान पशुपतिनाथले राम्रो स्वास्थ्य, खुशी र दीर्घ जीवन प्रदान गरुन भन्ने कामना पनि मोदीले गरेका छन् । नेपाल–भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन ओलीको योगदानको प्रतीक्षामा आफू रहेको पनि मोदीले ट्विटरमा उल्लेख गरेका छन् ।