Aafno Khabar
sanima bank

सन्दीप लामिछानेले हात पारे टी-२० करियरमा १०० विकेट

  • February 29, 2020 प्रकाशित

काठमाडौं । नेपाली किक्रेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट हात पारेका छन् । नेपाली किक्रेटमा १ सय विकेट लिने लामिछाने पहिलो नेपाली खेलाडी हुन् ।

थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे । त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए ।

मलेसियाविरुद्ध उनले लगातार २ विकेट लिएका लिए र आफनो टी-२० करियरमा विकेट संख्या १०१ पुर्‍याए । उनले टी-२०मा राष्ट्रिय टोलीबाट ३० विकेट लिइसकेका छन् ।