Aafno Khabar

मानसिक सन्तुलन गुमाएकी किशोरीमाथि दुई शिक्षककाे बलात्कार

  • २०७६ फाल्गुन १६ गते ०२:४० प्रकाशित

मानसिक सन्तुलन गुमाएकी एक किशोरीमाथि दुई जना शिक्षकले बलात्कार गरेका छन । विद्यालयमा नैतिक शिक्षा पढाउने गुरूद्वारा सन्तुलन गुमाएकी किशोरी बलात्कार भएकी हुन् ।

बझाङको दुर्गाथलि गाउँपालिका –४ स्थित भैरव निमावि र थलीचौर माविमा कार्यरत नैतिकताको पाठ पढाउने दुई जना शिक्षकले एक मानसिक सन्तुलन गुमाएकी किशोरीलाई बलात्कार गरेका हुन । बलात्कारमा परेकी ती किशोरीको पेटमा सात महिनाको अवैध गर्भसमेत रहेको छ ।

शिक्षकहरु बसन्त ओली र शिवराज जोशीले किशोरीलाई ललाइ फकाई पटक/पटक यौनशोषण गरेकाे खुलेकाे हाे । किशोरीको पेटमा अहिले सात महिनाको गर्भ रहेको पाइएकाे छ । अवैध गर्भ रहेकाे जानकारी पछि कानुनी उपचारका लागि आफन्त प्रहरी प्रशासन र मानव अधिकारकर्मीलाई गुर्हान सदरमुकाम पुगेका छन् ।

मानसिक रोगी बहिनीको उपचारको लागि सदमुकाम आएका पीडीत किशोरीका दाइ उपेन्द्र रेग्मीले स्थानीय गाउँकै नाता लाग्ने शिक्षकहरुबाट नै यस्तो घृणित कार्य भएपछि न्यायका लागि जिल्ला प्रहरी कार्यालयमा मुद्धा दर्ता गराएको बताए । गाेरखापत्रमा समाचार छ ।