काठमाडौं – गायक आरडीको नयाँ गीत ‘सुस्तरी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । लेखु सहयात्रीको शब्द रहेको गीतमा कोशिष क्षेत्रीको संगीत तथा उदयराज पौडेलको संगीत संयोजन रहेको छ ।
अर्जुन अधिकारीको निर्देशनमा रहेको भिडियोमा संगीतकार कोशिष क्षेत्री र प्रियंका खड्काले अभिनय गरेका छन् ।