Aafno Khabar

अदालतकाे सफाइपछि दाङ पुगेका महराले भने “याे जनताकाे जीत हाे”

  • February 25, 2020 प्रकाशित

दाङ । निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताउनुभएको छ ।

दाङको लमहीमा साेमबार गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले भन्नुभयो, “मेरो जीत नै जनताको जीत हो, जनताको माया, सुभेक्षा, सम्मानले गर्दा नै मेरो जीत भयो ।”

उहाँले जनताको भावनाअनुसार काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले बिगतमा पनि सधै देशकै लागि लडेको र आगामी दिनमा पनि देशकै लागि लड्ने बताउनुभयो ।

“नेपालको राष्ट्रिय स्वाधिनता, राष्ट्रिय स्वतन्त्रता, नेपालको सर्वभौमसत्ता रक्षा गर्ने मेरो कर्तव्य हो”, उहाँले भन्नुभयो, “त्यसकालागि म सधै लडिरहनेछु ।” उहाँलाई दाङका विभिन्न स्थानमा स्वागत गरिएको थियो ।