Aafno Khabar

कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको ज्यान गयाे

  • २०७६ फाल्गुन १३ गते ०२:२५ प्रकाशित

काठमाडाैं । काठमाडौंकाे कलङ्कीमा ट्रकको ठक्करबाट एक जनाको  ज्यान गएको छ भने चार जना घाइते भएका छन् ।

थानकोटबाट कलङ्कीतर्फ आउँदै गरेको ना ६ ख २८७१ नम्बर ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिँदा चितवन घर भई हाल गोङ्गबु बस्ने ३३ वर्षीय शमशेर गुरुङको ज्यान गएकाे हाे ।

महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले ब्रेक फेल भएको ट्रकले नौ वटा सवारीसाधनलाई ठक्कर दिएको जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका चार जनाको उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । दुर्घटना गराउने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।