Aafno Khabar

इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट चार जनाको मृत्यु

  • २०७६ फाल्गुन १२ गते ०९:५७ प्रकाशित

एजेन्सी – इटालीमा कोरोना भाइरसको सङ्क्रमणबाट सोमबारसम्ममा चार जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उत्तरी लोम्बार्डी क्षेत्रमा पछिल्लो पटक एक जना ८४ वर्षका वृद्धको कोरोनाकै सङ्क्रमणबाट मृत्यु भएको एएफपीले जनाएकाे छ ।

इटालीको लोम्बार्डीमै यसअघि अरु तीन जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको थियो । यहाँ इटाली सरकारले पूरै गाउँ बस्तीलाई अलग्याएको छ र सुरक्षा व्यवस्था कडा बनाएको छ । इटालीको नागरिक सुरक्षा विभागका प्रमुख एन्जेलो बोरेल्लीले आइतबारसम्ममा १५० जनाभन्दा बढीमा कोरोना सङ्क्रमण देखिएको जनाएका थिए ।

स्थानीय अधिकारीहरुले बारहरु, रेस्टुराँ र डिस्को बन्द गर्न आदेश दिएका छन् ।

कोरोनाकै कारण मिलान फेसन सप्ताह, भेनिस कार्निभल र सिरि ए फुटबल खेलहरु स्थगित गरिएका छन् ।