एजेन्सी – इरानमा शनिबार थप एक जना कोरोना संक्रमितको ज्यान गएको छ । शनिबार थप एक जनाकाे ज्यान गएसँगै इरानमा कोरोना जीवाणुका कारण मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।
इरानमा १० जना नयाँ कोरोनाका बिरामी पनि देखिएको सरकारी अधिकारीहरुले बताएका छन् । इरानमा कोरोना सङ्क्रमित व्यक्तिको संख्या २८ पुगेको छ । इरानी स्वास्थ्य मन्त्रालयले कोरोना सङ्क्रमण नियन्त्रणमा ल्याउन सरकारले प्रयास गरिरहेको पनि जनाएको छ ।