Aafno Khabar

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी खतिवडालाई

  • २०७६ फाल्गुन ११ गते ०९:५८ प्रकाशित

काठमाण्डाै – अर्थमन्त्रीसमेत रहनुभएका डा. युवराज खतिवडाले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हाल्नु भएकाे छ । उहाँले आइतबार मन्त्रालयमा पुगेर संचार मन्त्रालयको पदभार ग्रहण गर्नुभएकाे हाे ।

७० कुरोडको कमिसनको अडियो प्रकरणमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएपछि रिक्त रहेको यो मन्त्रालयको जिम्मेवारी डा. खतिवडालाई दिइएकाे हाे ।

संविधानले सुनिश्चितता गरेको प्रेस स्वतन्त्रताकाे सम्मान गर्ने भन्दै उहाँले प्रेस स्वतन्त्र र निर्भिक हुनुपर्ने बताउनुभयाे । उहाँले सञ्चार माध्यमलाई व्यवस्थित गरिने पनि बताउनुभयाे । सूसुचित हुन पाउने नागरिकको अधिकार निश्चित गर्न आफू सक्रिय हुने पनि उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयाे ।