Aafno Khabar
add khanepani

मौसम सफा हुन अझै केही दिन, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

  • February 23, 2020 प्रकाशित

 

काठमाण्डाै – दुई दिनदेखि नेपालमा स्थिर रहेको पश्चिमी न्यून चापीय वायुको प्रभाव अझै केही दिन लम्बिने अनुमान माैसम पूर्वानुमान महाशाखाले गरेकाे छ । महाशाखाका मौसमविद्का अनुसार नेपाल प्रवेश गरेको पश्चिमी न्यून चापीय प्रणाली अझै एक/दुई दिन रहने सम्भावना छ।

यसले मौसम पूर्णरूपमा सुधार आउन केही दिन लाग्ने देखिएको हाे ।

प्रि मनसुनकाे अवधि सुरू हुन लागेकाले अबका दिनमा बिहानीपख मौसम सफा देखिए पनि अपराह्नपछि मौसम बदली हुने, मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहने बताइएको छ। प्रि मनसुन अप्रिल र मे महिनालाई प्रिमनसुन मानिन्छ। उक्त अवधिमा मौसमी गतिविधि फेरबदल हुन्छ।

यस्ताे छ आगामी तीन दिनको मौसम पूर्वानुमान

फागुन ११ गते (आइतबार)

दिउँसोः देशभर आंशिक बदली रहनेछ। साँझपख पहडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

रातीः देशभर बदली रहनेछ । पश्चिमी भू-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

फागुन १२ गते (सोमबार)

दिउँसोः देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। मध्य तथा पूर्वी भू-भाग साथै पश्चिमी पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना छ ।

रातीः देशको मध्य तथा पुर्वी भू-भागमा आंशिक देखि सामान्य बदली रही पश्चिमी भू-भागमा आंसिक बदली रहनेछ । मध्य तथा पुर्वी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ ।

फागुन १३ गते (मंगलबार)

दिउँसोः देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकी भेगको मौसम सामान्यतया साफा रहनेछ।

रातीः देशका पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली रही बाँकि भेगमा मौसम सामान्यतया साफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित वर्षाको सम्भावना छ ।