पर्सा । नेपाली कांग्रेसका सहमहामन्त्री एवम् पूर्व मन्त्री डाक्टर प्रकाश शरण महतले गोकुल बास्कोटाको घुस मागेको अडियो प्रकरणमा निष्पक्ष छनबिन गर्न माग गरेका छन।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा बास्कोटाले अर्बौंको भ्रष्टाचार गर्न खोजेको आरोप उनले लगाए।आज नेपाल प्रेस युनियन पर्साले बिरगंजमा गरेको पत्रकार सम्मेलनमा बोल्दै सहमहामन्त्री महतले यो प्रकरणमा अरु पनि हुन सक्ने आशंका समेत गरे।
बास्कोटा एक्लै मात्रै संलग्न होलान भनेर भन्न सक्ने अवस्था अहिले नभएको भन्दै यसबारे सत्यतथ्य छनबिन गरेर यथार्थ बाहिर ल्याउन सम्बन्धित निकायलाई आग्रह गरे।
काठमाडौंमा हिजो नेपाल विद्यार्थी संघका नेताकार्यकर्ता माथी प्रहरी गरेको दमन प्रती आपत्ति जनाउदै डाक्टर महतले पुलिसलाई सरकारमुखी नबनेर जनता प्रती उत्तरदायी बन्नु पर्ने बताए। हाम्रा भातृसंस्थाका नेताकार्यकर्ताले भ्रष्टाचारको बिरोध गर्दा पुलिसले लाठीचार्ज गरेको भन्दै भ्रष्टाचारको संरक्षणमा पुलिस प्रसासन नलाग्न पनि सहमहामन्त्री महतले आग्रह गरे।
सरकारका प्रधानमन्त्रीले गोकुल प्रकरण बारे सदनमा स्पस्ट जबाफ दिनुपर्ने पनि डाक्टर महतले माग गरे। सरकार भ्रष्टहरुको झुन्ड हो भन्ने उदाहरण गोकुल बास्कोटाको अडियो कान्डले प्रमानित गरेको पनि महतले दाबी गरे।